स्याउला सोर्नको चटारो छ रुकुमका स्थानियलाई — OSNepal

स्याउला सोर्नको चटारो छ रुकुमका स्थानियलाई

LC (KTM) January 03, 2023 0

रुकुम९पूर्व०, १९ पुस रुकुम९पूर्व० को सिस्ने गाउँपालिका(१ भट्टेचौरकी एक किशोरी स्याउला लिएर घर फर्कदै गर्दा भारी बिसाएर थकाइ मार्दै ।

यो पनि : ब्रेन्टफोर्डसँग लिभरपुल पराजित : लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ । ब्रेन्टफोर्ड भने १७ खेलमा २६ अंकसहित सातौं स्थानमा छ ।

लिभरपुललाई आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्न समेत कठिन हुने देखिएको छ । लिभरपुल चौथो स्थानको युनाइटेडभन्दा चार अंकले पछि छ । युनाइटेडले लिभरपुलभन्दा एक खेल कम खेलेको छ ।

१९औं मिनेटमा लिरभुपुलका इब्राहिमा कानाटेले गरेको आत्मघाती गोलमा ब्रेन्टफोर्डले अग्रता लिएको थियो । ४२औं मिनेटमा योआने विसाको गोलमा ब्रेन्टफोर्डले अफ्नो अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमै २९० ले पछि परेसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रक्षक भर्जिल भान डाइकलाई समेत मैदानबाहिर निकालेका थिए ।

५०औं मिनेटमा एलेक्स अक्सलेड–च्याम्बरलिनको गोलमा योर्गान क्लोपको टोलीले खेलमा फर्कने संकेत गरेको थियो । तर खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्रेयान एमबेउमुले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरेसँगै लिभरपुलको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।

ब्रेन्टफोर्डले यस सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर