बझाङका स्थानियले घाममा सुकाएर चिनियाँ व्यवसायीलाई बेच्छन् कटुकी — OSNepal

बझाङका स्थानियले घाममा सुकाएर चिनियाँ व्यवसायीलाई बेच्छन् कटुकी

LC (KTM) January 04, 2023 0

बझाङ, २० पुस । व्यापारीले जिल्ला सदरमुकाम चैनपुरमा सुकाउन राखेको जडिबुटी कटुकी । गाउँगाउँबाट जडिबुटी सङ्कलन गर्ने र जिल्ला सदरमुकाममा ल्याएर सुकाउँदै केलाउँदै भरियाले बोकेर नेपाल–चीन सिमाना ताक्लाकोट पुर्याउँछन् र ठेकेदारले सिमानामा चिनियाँ व्यवसायीलाई बेच्ने गर्छन् ।

यो पनि : दुई केजी चरेशसहित एक भारतीय पक्राउ:सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन् ।

बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अमरबहादुर खत्रीले चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर