सवारी दुर्घटनामा तीन जनाको मृत्यु — OSNepal

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

LC (KTM) January 04, 2023 0

काठमाडौं, १९ पुस – काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सप्तरी बोदेबसाई नगरपालिका-३ घर भई हाल काठमाडौं गोल्फुटार बस्ने १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, मेचिनगर नगरपालिका-२ त्रिमार्ग चोकस्थित भित्री सडकमा मे.१ ह ७१५३ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय रविलाल दनुवारको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-२ रत्नपुरस्थित सडकमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ज.४ प ५०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-२ बस्ने रित लाल अधिकारीको छोरा ३ वर्षीय प्रेम अधिकारीको मृत्यु भएको छ ।

बाटो क्रस गर्ने क्रममा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगल काठमाडौंमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर