मृत भेटिएकी सुजिताको श व नजिक भेटिए यस्ता प्रमाण, प्रमाण मध्य भेटिएको झोलाको दिदीले गरिन् पहिचान ! — OSNepal

मृत भेटिएकी सुजिताको श व नजिक भेटिए यस्ता प्रमाण, प्रमाण मध्य भेटिएको झोलाको दिदीले गरिन् पहिचान !

LC (KTM) July 05, 2021 0

चितवन- जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको श व मृता वस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा श व फेला परेको हो । उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वे पत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अप हरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले श व देखेपछि प्रहरीलाई खबर गरेका थिए । श व गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै विषादीको बट्टा र झोला घटनाको अध्ययनकै लागि श व नउठाइएको उहाँको भनाइ छ ।उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी अधिकारीले बताए । झोला र विषादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।   युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भन्नुभयो, “सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर