सूर्योदयको किरणसगै देखिएको दोर्जेलाक्पा हिमाल तस्विरमा हेर्नुहोस् — OSNepal

सूर्योदयको किरणसगै देखिएको दोर्जेलाक्पा हिमाल तस्विरमा हेर्नुहोस्

LC (KTM) January 09, 2023 0

मेलम्ची, २५ पुस सूर्योदयको किरणसगै देखिएको दोर्जेलाक्पा हिमाल । पाँचपोखरी थाङ्पाल गाँउपालिकामा रहेको सो हिमाल सिन्धुपाल्चोकले मात्र नभई काभ्रेपलाञ्चोक, काठमाडौँलगायतका ठाँउबाट देख्न सकिन्छ । सरकारले घोषणा गरेको घुम्नै पर्ने १०० स्थानमध्येको पाँचपोखरीको शिरमा सो हिमाल रहेको छ ।

 यो पनि : कास्कीमा सार्वजनिक ठाउँमा धुम्रपान गरे १ सय जरिवाना:कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरुले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ । अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १ सय रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए । कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरु तयार रहेको बताए । गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानून पास गरेको छ । तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन् । नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरु पनि समितिको सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर