चेल्सी फुलहमसँग पराजित, फेलिक्सलाई रातो कार्ड — OSNepal

चेल्सी फुलहमसँग पराजित, फेलिक्सलाई रातो कार्ड

LC (KTM) January 13, 2023 0

काठमाडौं, २९ पुस : चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।

चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए ।

५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए । २५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर