सन्दीप शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी — OSNepal

सन्दीप शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी

LC (KTM) January 13, 2023 0

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले धरौटीमा रिहा भएपछि क्रिकेट खेल्न पाउन के गर्लान् भन्ने आमा मानिसको जिज्ञासा थियो ।

यही जिज्ञासाकाबिच उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ ९क्यान०ले पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । सन्दीप शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा लैजाने तयारी क्यानले गरेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा लैजान आवश्यक भएको बताएका छन् । अध्यक्ष चनदले प्रतिक्रिया दिँदै भनेका छन् सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ, सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी रहेको अवस्थामा सन्दीप्को स्वास्थ्यलाई मध्यनजर गरेर उनलाई टिममा लिन आँफुले पहल गर्ने अध्यक्ष चन्दले बताएका छन् ।

उनले भने सन्दीप नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर