युनाईटेडद्धारा सिटी पराजित — OSNepal

युनाईटेडद्धारा सिटी पराजित

LC (KTM) January 14, 2023 0

इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर डर्बी भिडन्तमा युनाईटेडले सिटीलाई पराजित गरेको छ । आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकाल्न सफल भएको हो ।

खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीको स्थितीमा ल्याएका थिए ।

खेलको ८२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।जितसँगै युनाईटेडले १८ खेलमा ३८ अंक जोडेको छ । युनाईटेड तेस्रो स्थानमा रहेको छ ।सिटी ३९ अंक जोडेर दोस्रो स्थानमा कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर