प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको बिजयी सुरुआत — OSNepal

प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको बिजयी सुरुआत

LC (KTM) January 14, 2023 0

प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेको छ। इटहरीमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुआत गरेको हो । लुम्बिनीले कर्णाली प्रदेश समक्ष १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटिए पछि लुम्बिनीले जित निकाल्न सफल भएको हो । कर्णालीका यमुना थारुले १३ रन जोडिन । किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडी सुन्य रनमा पेभेलियन फर्किएका थिए ।

लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३र३ विकेट हात पारिन् । सुस्मिता भुसालले २ विकेट लिईन् । पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रनको स्कोर तयार पारेको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन । सरस्वती पुनले अविजित ३० रन बनाईन् ।

आश्मा पुलामी मगरले १४ रन जोड्दा रन्जु श्रेष्ठले १० रन जोडिन । कर्णालीका यमुना थारु र बिना थापाले दुई दुई विकेट हात पारिन् । जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी समूह ुबीु को शीर्ष स्थानमा रहेको छ । कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर