सिटी विरुद्ध युनाइटेडको सनसनीपूर्ण जित — OSNepal

सिटी विरुद्ध युनाइटेडको सनसनीपूर्ण जित

LC (KTM) January 15, 2023 0

काठमाण्डौ- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएको छ । मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले पछाडि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगमा शनिबार सनसनीपूर्ण जीत हात पारेको हो ।

६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए ।

जितसँगै युनाइटेड ३८ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । उक्त हारले सिटीको उपाधि जोगाउने आशामा ठूलो धक्का लागेको छ । ३९ अंक भएको सिटी दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर