मेसी, नेइमार र एम्बाप्पे सम्मिलित खेलमा पिएसजीलाई रेनेसले हरायो — OSNepal

मेसी, नेइमार र एम्बाप्पे सम्मिलित खेलमा पिएसजीलाई रेनेसले हरायो

LC (KTM) January 16, 2023 0

काठमाडौं, माघ २ – पीएसजीलाई रेनेसले हराएको छ। गएराति सम्पन्न फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पीएसजीलाई रेनसले १-० गोल अन्तरले हराएको हो । लियोनल मेसी, नेयमार र केयलिन एमबापे सहभागी खेलमा पीएसजी पराजित भएपछि पिएसजी स्तब्ध बनेको छ ।

पाँचौ स्थानमा रहेको रेनेसका लागि कप्तान हामरी ट्राओरले ६५ औं मिनेटमा निर्णायक गोल गरे।खेलको ६९ औं मिनेटमा सब्स्टिच्युट केलियन एमबाप्पेले गोल गर्ने मौका गुमाए ।

पूरा खेल अवधिमा पीएसजीले यो मात्रै रेनेसको पोस्टमाथि आक्रामण बुन्न सकेको थियो। यो सँगै पीएसजीको १९ खेलबाट ४७ अंक छ भने लेन्सको समान खेलबाट ४४ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर