रियल मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि — OSNepal

रियल मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

LC (KTM) January 16, 2023 0

काठमाडौं, २ माघ – रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना जिततर्फ बढेको थियो ।

खेलको इन्जुरी समयमा बेन्जिमाले अग्रता ३–१ मा झारेका थिए । प्रशिक्षक जाभि होर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर