आर्सनललाई आठ अंकको अग्रता — OSNepal

आर्सनललाई आठ अंकको अग्रता

LC (KTM) January 16, 2023 0

काठमाडौं, २ माघ -टोटनहमलाई २–० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो । जितपछि १८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ  भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर