हलिउडमा अर्काे दुखद घटना , सुपरम्यान फिल्मका चर्चित निर्देशक रिचार्डको निधन — OSNepal

हलिउडमा अर्काे दुखद घटना , सुपरम्यान फिल्मका चर्चित निर्देशक रिचार्डको निधन

LC (KTM) July 06, 2021 0

हलिउडका लागि एकदमै दुखद खबर आएको छ । लामो समय सम्म निर्देशनको क्षेत्रमा काम गरेका हलिउडका प्रसिद्ध फिल्म निर्देशक रिचार्ड डोनरको निधन भए संगै पुरै हलिउड जगत स्तब्ध भएको हो । उनको सोमबार ९१ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनको पुष्टि श्रीमती लरेनले गरेकी छिन्। उनको निधन के भएर भएको हो भन्ने बारे खुल्न सकेको छैन । रिचार्डले झण्डै ५ दशक सम्म हलिउडमै बिताएका छन् । ४६ बर्षको हलिउड क्षेत्रको करियरमा उनले ८० वटा भन्दा बढी फिल्महरु निर्देशन गरेका थिए ।

हलिउडमा थुप्रै हिट फिल्म दिएका उनको सुपरम्यान फिल्म भने आम दर्शकले याद गर्नेछन् । सबैभन्दा पहिला डोनरले टेलिभिजन निर्देशकको रूपमा मनोरञ्जन क्षेत्रमा हात हालेका थिए । उनको निधन प्रति हलिउडमा सेलीब्रेटीहरुले दुख प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर