आँफैले बनाएको ई–स्कुटर चढेर विद्यालय जान्छन् अविनाश — OSNepal

आँफैले बनाएको ई–स्कुटर चढेर विद्यालय जान्छन् अविनाश

LC (KTM) January 17, 2023 0

काठमाडौँ । लमजुङका १७ वर्षका अविनाश गुरुङ आँफैले बनाएको ई–स्कुटर चढेर विद्यालय जाने आउने गर्छन् । लमजुङको इशानेश्वर माविमा अध्ययनरत अविनाशले विद्यालयमा अध्ययन गर्ने समय बाहेकको समय लगाएर ५५ हजार रुपैयाँ हाराहारीमा खर्च गरेर उनले बनाएको ई–स्कुटर को अहिले सर्वत्र चर्चा छ । विज्ञान–प्रविधिमा रुचि राख्ने अविनाश १७ वर्षका भए । अविनाशले बनाएको ई–स्कुटर ले ८० केजीसम्मको तौल धान्ने क्षमताको छ ।

पछिल्लो समय विश्वमा डिजल, पेट्रोलबाट भन्दा इलेक्ट्रिकबाट चल्ने सवारी साधनको प्रयोग बढ्दोप्रयोग र त्यस्ता पर्दाथहरुको अभाव र महंगी देखेपछि विकल्पका रुपमा सोचिरहेका उनले बनाएको ई–स्कुटर मा २४ भोल्टको दुई सय ५० वाट क्षमताको मोटर प्रयोग गरेका छन् ।ब्याट्रीबाट चल्ने यस स्कुटर चार किलोमिटरसम्म गुड्छ । बढी क्षमताको ब्याट्री प्रयोग गरेमा माइलेज पनि बढाउन सकिने अविनाश बताउँछन् ।

यसअघि उनले हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसकेका छन् । कक्षा ९ देखि नै बाली विज्ञान पढेका उनको रुचि इन्जिनियरिङतर्फ छ । अविनाशको यो कामको अहिले सबैले प्रशंसा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर