कैलालीका किसानले च्याउँ उत्पादनका लागि निर्माण गरे टहरा — OSNepal

कैलालीका किसानले च्याउँ उत्पादनका लागि निर्माण गरे टहरा

LC (KTM) January 20, 2023 0

कैलाली, ५ माघः धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका किसानले च्याउँ उत्पादनका लागि निर्माण गरिएका टहरा ।

यो पनि :सल्यानमा एक ट्रक रासायनिक मल सहित एक जना पक्राउ:
सल्यान प्रहरीले एक ट्रक रासायनिक मल सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मल सहित एक जनालाई प्रक्राउ गरेको हो ।

बागचौर नगरपालिका ११ पानीखोलाका शेर बहादुर खड्का र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर दाङ शाखाबाट ल्याई अवैधानिक रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शेरबहादुर खड्काको घरमा गोदाम गरी राखेको डिएपि पोटास ३० बोरा, युरिया ७९ बोरा र पोटास ५० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।

उनले रासायनिक मल ल्याउने मध्येका एक दिनेश ओलीलाई नियन्त्रणमा लिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर