गस्ती गरिरहेका प्रहरीमाथि आक्रमण, दुई प्रहरीको मृत्यु — OSNepal

गस्ती गरिरहेका प्रहरीमाथि आक्रमण, दुई प्रहरीको मृत्यु

LC (KTM) January 25, 2023 0

तेहरान- इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा ‘ठग’ हरूले गरेको आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

मुख्तार मोमेनी र अबुजर ओमिदवार नामका दुई प्रहरी अधिकारीहरू स्थानीय समयअनुसार बिहान करिब २ बजे बमपुर काउन्टीको प्रवेशद्वारमा आफ्ना सहकर्मीहरूसँग गस्ती गरिरहेका बेला आक्रमण भएको प्रान्तका प्रहरी कमाण्डर मोहम्मद कानबारीले बताएका छन् । कनबारीका अनुसार आक्रमणपछि ‘ठगहरू” घटनास्थलबाट भागेका थिए । संदिग्ध आक्रमणकारीहरूको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर