चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत ‘मिठो मिठो’मा साम्राज्ञी र जितुको रोमान्स — OSNepal

चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत ‘मिठो मिठो’मा साम्राज्ञी र जितुको रोमान्स

LC (KTM) January 25, 2023 0

कठमाडौं । चलचित्र ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ ।‘मिठो मिठो’ बोलको गीत मायुग भुषालको संगीत तथा निर्देशक डा। कपिल रिजालको शब्द रचना रहेको छ । गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ ।

गीतमा चलचित्रको मुख्य भूमिकामा रहेका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल अभिनित छन् ।आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई डा। कपिल रिजालले निर्देशन गरेका हुन् ।

चलचित्रमा रिजाल स्वयंमको कथा रहेको छ भने सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर