सुनसरीमा सरस्वतीको मूर्ति १७ हजार सम्म बिक्री गर्छन विनोद — OSNepal

सुनसरीमा सरस्वतीको मूर्ति १७ हजार सम्म बिक्री गर्छन विनोद

LC (KTM) January 25, 2023 0

सुनसरी, ११ माघः सुनसरीको इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीको तयारी मूर्ति । सरस्वतीको मूर्ति रु दुई हजार ५०० देखि रु १७ हजार सम्ममा बिक्री हुने कालिगढ विनोद यादव बताउनुहुन्छ ।

यो पनि : ९ वर्षपछि फरार अभियुक्त पक्राउ :भक्तपुर, ११ माघ । सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।को बा। ३ च। ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका  ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो । 

घटनापछि एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्की फरार रहेका थिए । उनलाई पक्राउ गरी  प्रहरी वृत्त ठिमी भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेका भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर