नेपाली चेली सुष्मा तामाङ एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्न सफल — OSNepal

नेपाली चेली सुष्मा तामाङ एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्न सफल

LC (KTM) January 26, 2023 0

नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएकि छिन् । उनी उज्वेकिस्तानकी खेलाडी संग फाइनलमा पराजित भएकी हुन् ।बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् ।

सुष्मालाई अंकको आधारमा ५-० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।फाइनलमा पराजित भएपनि सुष्माले ऐतिहासिक रजत पदक जितेकी छिन् । यस अघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर