महाशिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने — OSNepal

महाशिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

LC (KTM) January 26, 2023 0

लमजुङ १२ माघ-लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ ।क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५ औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले बताए  । 

फुटवल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन । प्रतियोगिताका विजयी टीमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइने भउको छ । दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ ।

सेमीफाइनलमा पराजित २ टीमलाई नगद १०/१० हजार रुपैयाँ दिइने भएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर