नेपालका आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड, बने उक्त अवार्ड पाउने पहिलो नेपाली क्रिकेटर — OSNepal

नेपालका आसिफले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड, बने उक्त अवार्ड पाउने पहिलो नेपाली क्रिकेटर

LC (KTM) January 26, 2023 0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड पा्रप्त गर्न सफल भएका छन् अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्ड पाउनेमा आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो । यहि कारण पनि आईसीसीले स्पिरिट अफ द क्रिकेट अवार्ड आसिफलाई दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर