रवि अनागरिक बनेसँगै बोले धरानका मेयर हर्क, भने 'नुन सम्म नहुने देशको हजार थरि कानुन !' — OSNepal

रवि अनागरिक बनेसँगै बोले धरानका मेयर हर्क, भने ‘नुन सम्म नहुने देशको हजार थरि कानुन !’

LC (KTM) January 27, 2023 0

काठमाडौं, माघ १३ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पागं राईले नुन सम्म नहुने देशको हजार थरि कानुन भन्दै सर्वोच्चको फैसलासँगै अनागरिक बनेका रवी लामिछानेको सर्मथनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका लामिछानेको घुमाउरो शैलीमा सर्मथन गरेका मेयर राईले फेसबुकमा लेखेका छन् को हो नागरीक रु के हो नागरीकता रु के हो न्याय र कहाँ छ न्यायलय रु नुन सम्म नहुने देशको हजार थरि कानुन १ कठै मेरो देश।।। यो देशको माटो राम्रो तर यो माटोमा पैदा भएका अधिकाँश मानिसहरु किरामाकुरा जस्ता !

यसैबिच जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो ।

बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर