पठान फिल्मले दुई दिनमै २ सय करोड बढीको ब्यापार गर्न सफल , शाहरुखकी छोरी सुहानाले आँसु बगाउँदै यसो भनिन् — OSNepal

पठान फिल्मले दुई दिनमै २ सय करोड बढीको ब्यापार गर्न सफल , शाहरुखकी छोरी सुहानाले आँसु बगाउँदै यसो भनिन्

LC (KTM) January 27, 2023 0

शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज भएदेखि नै विश्वभर चर्चामा रहेको छ । सामाजिक सञ्जाल होस् वा टिभी, च्यानल, पठानको गुञ्जन जताततै सुनिन्छ । मिडिया रिपोर्टका अनुसार पहिलो दिनदेखि नै आफ्नो आकर्षण कायम राख्दै फिल्मले २०५ देखि २१५ करोडको व्यापार गरेको छ । दुई दिनमै २०० करोडभन्दा बढी कमाउने पहिलो बलिउड फिल्म बनेको बताइएको छ ।

साथै, फिल्मले देशभरि सबै भाषामा १२६ देखि १३० करोडको व्यापार गरेको छ। यसैबीच बुवाको सफलता देखेर छोरी सुहाना खान पनि भावुक भएकी छिन् । पठान मार्फत शाहरुख खानले चार वर्षपछि ठूलो पर्दामा पुनरागमन गरेका छन् । चलचित्रले २५ जनवरीमा नै सबैभन्दा ठूलो ओपनिङ बनेर इतिहास रच्यो । साउथको फिल्म ‘केजीएफ २’ र ‘वार’को रेकर्ड पनि तोडेको छ ।

विश्वभर १०० करोड भन्दा बढी कमाई गरेको यो फिल्मले २६ जनवरीमा ठूलो फाइदा लुट्न सफल पनि भयो । अहिले सम्म देखिए अनुसार पठानको आँधी रोकिनेवाला छैन भन्नु गलत हुनेछैन । यसैबीच विदेशमा पनि पठानको ठूलो क्रेज छ । अधिकांश शो हाउसफुल भइरहेका छन् । शाहरुख खानका संसारभरका फ्यानहरूले उनी बलिउडको वास्तविक राजा भएको देखाइसकेका छन् ।

यसैबीच, पठान सफलतामा सुहाना खान पनि पिताको सफलता देखेर भावुक भएकी छिन् । इन्स्टा स्टोरीमा पूजा ददलानीको इन्स्टाग्राम पोष्ट रिपोस्ट गर्दै उनले क्याप्शनमा आँखाभरि आँसु लिएर इमोजी बनाएकि छिन् । सुहानाले पिता शाहरुखको सफलताले आफू निकै भावुक भएको संकेत गरिन् । शाहरुख खानको पठान विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको थियो ।

जसमध्ये ५५०० स्क्रिनहरू देशमा मात्र समावेश छन्। यो स्पाई थ्रिलर फिल्ममा शाहरुख बाहेक जोन अब्राहम, दीपिका पादुकोण, आशुतोष राना र डिम्पल कपाडिया जस्ता स्टारहरुले काम गरेका छन् । रोचक कुरा के छ भने सलमान खानले ‘पठान’ मा केमियो गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर