इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढीको लज्जास्पद हार — OSNepal

इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा धनगढीको लज्जास्पद हार

LC (KTM) January 28, 2023 0

भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो खेलमा धनगढीको एसपीए कलेजले पराजय भोगेको छ । लखनउस्थित मल्टिएक्टिभिटी सेन्टरको मैदानमा आज भएको खेलमा उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।

अमिनेटीले २२७ रनको विशाल लक्ष्य पछ्याएको एसपीए १५.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा समेटिएको थियो । एसपीएका लागि ओपनर सचिन सावदले २६ रन बनाए । यस्तै कप्तान आशिष लुहारले २१ रन बनाए । अमिनेटीका सशांक पन्तले ४ तथा विनित धनखरले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अमिनेटीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २२६ रन बनाएको थियो ।

उसका अभिशेक सिवासले ७४ रनको अर्धशतकीय पारी खेले । यस्तै अभिशेक शर्माले २८, विपुल कम्बोजले ४१, जस्मित नैनले १८ रन जोडे । एसपीएका सचिन साउदले ३ विकेट लिए । ४ ओभरमा उनले ४३ रन खर्चे । यस्तै निशान रेग्मीले २ तथा विजेन्द्र चन्द र सुर्य श्रेष्ठले समान १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर