भारतद्वारा जेल सजाय पूरा गरेका १७ पाकिस्तानी बन्दीलाई रिहा — OSNepal

भारतद्वारा जेल सजाय पूरा गरेका १७ पाकिस्तानी बन्दीलाई रिहा

LC (KTM) January 28, 2023 0

नयाँ दिल्ली-भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ।उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो । सो सीमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ ।

“हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,” पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर