नागेन्द्र हिराको जोडीले फेरी सांगीतिक तहल्का मच्चाउँदै — OSNepal

नागेन्द्र हिराको जोडीले फेरी सांगीतिक तहल्का मच्चाउँदै

LC (KTM) July 07, 2021 0

काठमाडौँ । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र बरिष्ठ गीतकार तथा निर्देशक हिरा काजी थापाको जोडी पछिल्लो समय गज्जबसँग जमेको छ । हिराकाजीको शब्द शृजनामा नागेन्द्रको संगीत पर्दा गीतले पाउने जीवनको चर्चा गरिरहनु नै पर्दैन । यो जोडिले पुन करिब दर्जन गीतमा सहकार्य गरिसकेका छन् । लोकप्रिय गायिका शर्मिला वर्देवाको आवाजमा लण्डनमा रेकर्ड भएको जहाँ गए पनि बोलको गीतमा लोकप्रिय एरेन्जर राहुल प्रधानको मिठो एरेन्ज तथा नागेन्द्र श्रेष्ठको मनमोहक संगीत शृजना रहेको छ ।

जसमा शृजना गीतकार हिरा काजी थापाको मुटु छुने शब्द रहेको छ । जसको निर्माण तथा निर्देशन पनि गीतकार थापाले नै गर्नेछन् । यस गीतको भिडियोमा प्रमोद भण्डारीको नृत्य निर्देशन रहनेछ । गीतमा चर्चित नायक तथा मोडल पल शाह र पूजा सिलवालको अभिनय रहने निर्माता तथा निर्देशक थापाले जानकारी दिए ।

त्यसैगरी थापा र श्रेष्ठकै जोडीले प्रताप दासको स्वरमा रहेको जोगी बोलको गीतमा पनि सहकार्य गर्दैछ । शाहस शाक्यको एरेन्ज, नागेन्द्र श्रेष्ठको संगीत शृजना तथा गीतकार थापाकै शब्द रचना रहेको जोगी बोलको गीतमा पनि थापाकै निर्माण तथा निर्देशन रहनेछ । उक्त गीतको म्यूजिक भिडियोमा गायक प्रताप दासकै अभिनय देख्न पाइनेछ । साथमा पूजा सिलवाल, प्रविन डिसी, गंगा कुँवरको अभिनय रहने गीतकार तथा निर्देशक थापाले बताए । उक्त भिडियोमा दुई बाल कलाकारको पनि अभिनय रहनेछ ।

त्यस्तै थापा र श्रेष्ठको सहकार्यमा तयार हुन लागेको अर्को गीतमा भ्वाइस अफ नेपालको टप १२ मा पुग्न सफल बाग्लुगंकी सुमधुर स्वरकी धनी गायिका तारा श्रीष मगरको स्वर रहनेछ । प्रसाद हो र यो दिल बोलको गीतमा बहुआयामिक प्रतिभाका धनि नवयुवक कुशल सिंहको एरेन्ज, नागेन्द्र श्रेष्ठको संगीत तथा गीतकार थापाको शब्द रहनेछ । जसलाई थापाले नै निर्माण र निर्देशन गर्नेछन् । हाल बेलायतमा रहेका गीतकार थापा कोरोनाका कारण स्वदेश आउन चाहँदा चाहँदै पनि सम्भव नभएका कारण उनले प्रविधिको प्रयोग गरेर परवासबाट नै निर्देशन गर्दै आइरहेको भएता पनि आगामी गीतहरुमा भने स्वदेशमा नै आएर निर्देशन गर्ने थापाको तयारी रहेको छ ।

थापाले चर्चित गायिका मेलिना राईले गाएको उमेर छँदै बोलको गीत र लिभिगं लिजेन्ड गायिका दीपा नारायण झाले गाउनुभएको तारिदेउन माझीदाई बोलको गीत पनि नेपाल आउँदा साथ उत्कृष्ट मोडलहरु लिएर म्यूजिक भिडियो बनाउने तयारीमा छन् । थापाको निर्देशनमा तयार भएका म्यूजिक भिडियोहरु उनको आफ्नै च्यानल ह्यांग इन्टरटेनमेन्ट मार्फत बजारमा आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर