बाँसको चोयाबाट सोली बुन्दै ८० वर्षीय बाबुलाल, प्रतिगोटा एक हजारमा बिक्रि — OSNepal

बाँसको चोयाबाट सोली बुन्दै ८० वर्षीय बाबुलाल, प्रतिगोटा एक हजारमा बिक्रि

LC (KTM) January 30, 2023 0

सोली निर्माण कमलामाई, १६ माघः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गर्नुहुँदै । घिसिङले ६८ वर्ष अगाडि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले रु एक हजारमा किन्न ग्राहक घरैमा आउँछन् । उहाँले डोको, डालो, मान्द्रो, छुर र भकारी निर्माण गर्नुहुन्छ ।

यो पनि : भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम:कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्।

भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।

मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर