चालक निदाएपछि गुडिरहेको बस पुलबाट खस्दा ४१ जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर — OSNepal

चालक निदाएपछि गुडिरहेको बस पुलबाट खस्दा ४१ जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

LC (KTM) January 30, 2023 0

एजेन्सी : पश्चिमी पाकिस्तानमा एक यात्रुबाहक बस पुलबाट खस्दा ४१ जनाको दुख मृत्यु भएको छ । आइतबार भएको उक्त दुर्घटनामा परी ज्यान गुमाएका ४० जनाको शव क्षत(विक्षत भएको अवस्थामा दुर्घटनास्थलबाट निकालिएको समााचारमा जनाइएको छ ।

दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ। उक्त बस बोलुचस्थानबाट कराँचीका लागि गइरहेको थियो । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीले जनाएका छ ।

यो पनि पढ्नुहोस : गुफामा बसी चिसो छल्दै अफगानिस्तानी भूकम्प पीडितहरू -अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा बस्न बाध्य भएका र अत्यधिक चिसोका कारण कैयौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।पाक्तिका प्रान्तको ग्यान, बर्मल र जिरुक जिल्लाका धेरै बासिन्दा चिसो मौसमबाट बच्न गुफामा बस्दैआएका हुन् ।

प्रान्तीय अधिकारीहरूले उपलब्ध गराएको जानकारीअनुसार यी जिल्लाहरूमा दुई महिनाभन्दा कम समयमा चिसोका कारण महिला र बालबालिकासहित ३५ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा दाउराको अभाव र गम्भीर मानवीय सङ्कटका कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।आफ्नो परिवारसँग पालमा बस्ने केरामतुल्लाहले टोलोन्युजसँग भन्नुभयो, “वरपर बाक्लो हिउँ जमेको छ, र म आगो बाल्ने दाउरा खोज्ने प्रयास गरिरहेको छु ।”

सरकारी तथ्याङ्कअनुसार गत वर्ष पाक्तिका र खोस्त प्रान्तमा गएको भूकम्पले सात हजार आठ सयभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । क्षति भएका घरहरूमध्ये करिब छ हजार घर गायान जिल्लाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर