महिला टि–२० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन पिंकी — OSNepal

महिला टि–२० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन पिंकी

LC (KTM) February 01, 2023 0

बैतडी,१८ माघ ः बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्न सफल देहिमाडौँकी कप्तान पिंकी बोहरा । पिंकीले प्रतियोगिताभर व्यक्तिगत १४९ रन र ५ विकेट हात पारेकी थिइन् ।

यो पनि : अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ:कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । उनका अनुसार लामो समय देखी बालिकाहरूमाथि यौन शोषण हुँदै आएको सूचना प्रहरीलाई जानकारीमा आए पछि चन्दलाई प्रहरीले पक्राउ गरेको हो।

अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया बालिकामाथि शोषण गरेको उजुरी परेको थियो । पक्राउ परेका चन्द माथी अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर