सुगाले डाक्टरलाई लडाइदिएपछि मालिकलाई सवा १ करोड जरिवाना र २ महिना जेल सजाय दिइयो — OSNepal

सुगाले डाक्टरलाई लडाइदिएपछि मालिकलाई सवा १ करोड जरिवाना र २ महिना जेल सजाय दिइयो

LC (KTM) February 01, 2023 0

काठमाडौँ । सुगाले एक डाक्टरलाई लडाइदिएको भन्दै सुगाका मालिकलाई जेल र जरिवाना सजाय तोकिएको छ । खबर हो ताइवानको ।

जहाँको उक्त् सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर, झन्डै एक करोड १९ लाख रुपैयाँ जरिवाना सुनाइएको अन्तराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् । उक्त सुगाका कारण लडेका डा लिनको कम्मरको जोर्नी खुस्किएर कटि चर्किएको समाचारमा जनाइएको छ ।

उक्त सुगाका कारण डा। लिनको ढाँडमा चढेर उक्त सुगाले बारम्बार पखेटा फटफटाउँदा उनी हडबडाएर भुईमा बजारिन पुगेका थिए ।

डा। लिनले ती चरापालकको लापरबाहीका कारण आफूलाई चोटको लागेको दाबी गर्दै मुद्दा दायर गरेपछि सुगाका मालिक भनिएका ह्वाङलाई निकै कठोर सजाय सुनाइएको हो ।

डा लिन प्लास्टिक सर्जन हुन्। उनको शल्यक्रिया गर्न लामो समयसम्म उभिनुपर्ने भएकोू तर चोटका कारण त्यसो गर्न नसक्ने भएकाले ठूलो हानि भएको उनका वकिलको दाबी छ ।

अदालतले ह्वाङको लापरबाहीका कारण डा। लिन लडेको ठहर गर्दै फैसला सुनाएको हो। मको जातको सुगा ४० सेन्टिमिटर अग्लो र पखेटा फैलिँदा ६० सेन्टिमिटर चौडा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर