अल नासेरमा विश्व फुटबलमै महँगो रकममा अनुबन्ध भएका रोनाल्डोले राम्रो नखेलेको भन्दै आलोचना सुरु — OSNepal

अल नासेरमा विश्व फुटबलमै महँगो रकममा अनुबन्ध भएका रोनाल्डोले राम्रो नखेलेको भन्दै आलोचना सुरु

LC (KTM) February 01, 2023 0

काठमाडौं – पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल नासेर क्लबसँग अनुबन्धित भएको एक महिना पनि पूरा नहुँदै उनी विरुद्ध आलोचना सुरु भउको छ ।

फुटबल इतिहासमै सर्वाधिक महँगो रकममा भित्र्याइएका उनले सोचेजस्तो सफलता दिलाउन नसकेको जनाउँदै क्लब तथा समर्थकले रोनाल्डोको आलोचना सुरु गरेका हुन् ।

गत साता सुपर किंग्समा अल नासेर सेमिफाइनलबाटै बाहिरिएको थियो । प्रतिस्पर्धामा अल नासेर अल इतिहादसँग ३–१ ले पराजित भयो । क्लबले महँगो रकम खर्चेका खेलाडीले सिजनकै पहिलो उपाधि दिलाउन चुकेको जनाएको छ ।

क्लबका निर्देशकले बेकारमा थुप्रो रकम खर्चेको बताएका छन् । रोनाल्डोलाई अनुबन्धित गर्दैै नासेरले घरेलु फुटबलमा तहल्का मच्चाउने विश्वास लिए पनि त्उसो हुन नसकेको बताउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर