अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज मोटो रकम सहित चेल्सीमा अनुबन्धित — OSNepal

अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज मोटो रकम सहित चेल्सीमा अनुबन्धित

LC (KTM) February 01, 2023 0

अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजका फ्यानहरु लाई खुशीको खबर आएको छ । उनलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय मिडफिल्डरले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् ।

एन्जोका लागि चेल्सीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो । एन्जोले अर्जेन्टिनाका लागि १० खेलमा १ गोल गरिसकेका छन् । कतार विश्वकपमा एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले कतार विश्वकप जित्दा उनले १ गोल गरेका थिए । कतार विश्वकपमा एन्जो उत्कृष्ट युवा खेलाडी चुनिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर