यस्तो खाना जसको अत्यधिक सेवनले क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्छ — OSNepal

यस्तो खाना जसको अत्यधिक सेवनले क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्छ

LC (KTM) February 02, 2023 0

अण्डा नास्ताका लागि एकदमै चलेको र फेमस खाजाको रुपमा लिन सकिन्छ । प्रोटिन र भिटामिन प्रशसस्त पाईने अण्डा धेरै मानिसहरूले आफ्नो दिनको सुरुवातमै खाने गरेका पनि छन् । यो स्वास्थ्यका लागि अत्यावश्यक पोषकतत्वहरु पाईने एक उपयोगि खानासमेत गर्नु पथ्र्यो ।

यद्यपि अण्डामा धेरै गुणहरू हुन्छन् र शरीरलाई स्वस्थ राख्नका लागि उपयोगी हुन्छन्, तर तपाईका कतिपय रोगहरूमा अण्डा खानु निकै हानिकारक साबित हुन सक्छ। अण्डा कस्तो अवस्थामा खानु हुदैन र यसको सेवनले के कस्ता रोगहरुलाई बढावा दिन्छ भन्ने बिषयमा जानकारी दिदै छौ ।

अण्डाको अत्याधिक सेवनले मुटुमा समस्या आउन सक्छ । हाम्रो मुटुको स्वास्थ्यको लागि कोलेस्ट्रोलको स्तर सधैं नियन्त्रणमा रहनु पर्दछ तर अण्डाको सेवन बढी भएमा शरीरमा कोलेस्ट्रोलको स्तर बढ्न सक्छ, जसका कारण मुटुसँग सम्बन्धित रोगको जोखिम बढ्ने हुनसक्छ । त्यस्तै अण्डाको अत्यधिक सेवनले हाम्रो पाचन प्रणालीलाई खराब गर्न सक्छ ।

अण्डा बढी भएमा तपाई हामीलाई पनि कहिले काँहि अपच, बान्ता, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने जस्ता समस्या आएको हुन सक्छ। त्यसैले यसले शरीरको डाइजेस्टिभ सिस्टमलाई बिर्गान सहयोग गर्दछ । अण्डाको सेवनले हृदय सम्बन्धि रोग समेत निम्ताउने देखिएको छ ।

एक रिपोर्टका अनुसार एक दिनमा ४ भन्दा बढी अण्डा खाँदा शरीरमा निकै नराम्रो असर पर्न सक्छ । यसबाट शरीर इन्सुलिन प्रतिरोधी बन्न सक्ने खतरा रहन्छ । अण्डा अत्याधिक सेवन गर्नेको अनुहारमा पिम्पलको समस्या देखिने गर्छ । वास्तवमा यस्तो अण्डा खाएपछि हर्मोनमा हुने परिवर्तनका कारण यस्तो हुने गरेको चिकित्सकको दाबी रहेको छ ।

अण्डाको नियमित सेवनले क्यान्सरजस्ता घातक रोगको जोखिम पनि बढाउन सक्छ । अध्ययनहरूका अनुसार अण्डा खाँदा कोलोरेक्टल लगायत अन्य क्यान्सरको जोखिम बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर