१६ वर्षीय युवकले रुख ढालीसकेपछि देखे प्रभु येशु ख्रीष्टको अनुहार — OSNepal

१६ वर्षीय युवकले रुख ढालीसकेपछि देखे प्रभु येशु ख्रीष्टको अनुहार

LC (KTM) February 02, 2023 0

काठमाडौं । १३ फिट लामो रुख काटेका युवकले रुख ढालीसकेपछिको प्रतिक्रियाले सबै चकित परेका छन् ।

१६ वर्षीय कल्म जोन्सनले रुख ढालीसके लगत्तै रुखमा प्रभु येशु ख्रीष्टको अनुहार देखे । जोन्सनले वरपरका मानिसहरूलाई भने र जसले देख्यो सबै छक्क परेको समाचारमा जनाइएको छ ।

बेलायतको अक्सफोर्डशायरको वान्टेजमा दुईवटा घरको बिचको बत्ती रोकिरहेको बताइएको छ । रुख काट्ने युवकले भने ‘ जब मेरो सहकर्मीले यस रुखको हाँगाहरू काट्दै थिए, उनले येशू ख्रीष्टको अनुहार देखे। उनले भने( ‘यस चित्रमा येशू ख्रीष्टको आँखा र दाह्री स्पष्ट देखिन्थ्यो।

कलामले आफू धार्मिक नभए पनि यो घटनापछि आफू धार्मिक भएको मान्न सकिने बताए । यो अचम्मको दृश्य देखेपछि एक जना स्थानीयले आफू ४० वर्षदेखि यस्तो काम गर्दै आएको तर यसअघि कहिल्यै यस्तो काम नदेखेको बताए ।

यसै क्रममा कलामले बेलायतको अक्सफोर्डशायरमा रहेको भान्टेज अब धार्मिक स्थल बन्न सक्ने बताएका छन् । केही साताअघि बेलायतका कलाकार किथले पनि आफ्नो घरको एउटा कलाकृतिमा प्रभु येशू ख्रीष्टको तस्बिर बनेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर