तोरी फुल्ने समयको मह सबैभन्दा राम्रो, जसले गर्छ औषधीकै काम — OSNepal

तोरी फुल्ने समयको मह सबैभन्दा राम्रो, जसले गर्छ औषधीकै काम

LC (KTM) February 02, 2023 0

महलाई एक महत्वपुर्ण औषधीको रुपमा लिईने गरिएको छ । यसको सेवनले प्रशस्तै मात्रामा फाईदा पुग्ने गर्छ । झन् आर्युवेदमा त महको महत्व एकदमै ठुलो रहेको छ । आज हामी तपाई लाई शुद्ध मह कस्तो हुन्छ भन्ने बारे जानकारी दिदैछौ ।

यो बेला तोरीको सिजन रहेको छ । माहुरीले मह तोरीको सिजनमा प्रशस्तै जम्मा गर्ने गर्छ । यतिबेला माहुरी पालक कृषकहरुको संख्या पनि बढ्दै गईरहेको छ । यद्यपी मह शुद्ध अशुद्ध दुबैै थरीका बजारमा पाईने गरेका छन् । तर शुद्ध मह त्यसको रंग र बास्ना बाट सलिै छुट्याउन सकिन्छ । शुद्ध मह राम्रो संग जम्ने गर्छ भने यो मैलो जस्तो देखिन्छ ।

जुन मह सङलो देखिन्छ त्यस प्रकारको महमा मिसावट छ भन्ने बुझ्नु पर्दछ । शुद्ध मह घाममा राख्दा पनि त्यसको रंग परिवर्तन हुँदैन । यसको बास्ना अलि अमिलो गुलियो प्रकारको हुन्छ । सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ ।

मह शुद्ध रहेको छ भने केही मह पानी माथी तैरिएर बस्ने गर्दछ । शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन ।

दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो भन्ने बुझ्नु पर्दछ । शुद्ध मह जनावरलाई दिएमा नखाने भन्ने पनि मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर