यी हुन राती अबेर खाना खाँदा हुने नोक्सान — OSNepal

यी हुन राती अबेर खाना खाँदा हुने नोक्सान

LC (KTM) February 02, 2023 0

काठमाडौँ । स्वस्थ एवम् तन्दुरुस्त रहनको लागि सही समयमा उचित आहारको अति आवश्यक हुन्छ । यदि हामी यसो गर्दैनौँ भने कयौँ स्वास्थ्य समस्याले पीडित हुन पुग्दछौँ । लामो समय राती अबेर खाना खाँदा समस्या थप जटिल हुन्छ । सुत्नुभन्दा २ वा ३ घण्टा अघि खाना खानु राम्रो मानिन्छ । कहिले पनि खाना खाने बित्तिकै सुत्ने गल्ती गर्नुहुँदैन । यसले स्वास्थ्य समस्या बढाउन सक्छ । यसकारण खाना खाइसकेपछि १०(१५ मिनेट हिड्नुपर्दछ । चिकित्सकका अनुसार, राती अबेर खाना खानुको १० नोक्सानको बारेमा यसरी चर्चा गरिएको छ ।

मुटुरोग दिनहुँ राती ढिलो खाना खाँदा शरीरमा कोलेस्ट्रोल बढ्न थाल्छ । यसले मुटुरोगको खतरा बढ्न सक्छ । तनाव दिनहुँ अबेर खाना खाँदा निन्द्रा पूर्ण रूपमा लाग्दैन । यसले तनाव बढाउन सक्छ । उच्च रक्तचाप दिनहुँ अबेर राती खाना खाँदा तनाव बढ्छ । यसले उच्च रक्तचापको समस्या बढाउन सक्छ ।

मोटोपन राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फ्याटमा परिवर्तन हुनथाल्छ । यसले मोटोपनको समस्या बढ्न सक्छ । डायबिटीज दिनहुँ राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसबाट ब्लड शुगर लेभल बढ्नुको कारण डायबिटीजको आशंका बढ्न सक्छ । अपच ढिलो खाना खाँदा पाचन सन्तुलित रूपमा हुँदैन । यस अवस्थामा अपचको समस्या हुनसक्छ ।

अनिन्द्रा राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फूड पाइपमा आउन थाल्छ । यस अवस्थामा निन्द्रा नलाग्ने समस्या हुनसक्छ । कब्जियत दिनहुँ राती अबेर खाना खाँदा इनडाइजेशन हुनथाल्छ । यस अवस्थामा कब्जियतको समस्या बढ्न सक्छ । फूड पाइपमा पोल्ने समस्या दिनहुँ राती अबेर खाना खाने र सुत्ने गर्दा खाना फूड पाइपमा आउनथाल्छ । यसबाट यहाँ पोल्ने समस्या उत्पन्न हुनथाल्छ । १०(एसिडिटी राती अबेर खाना खाँदा पाचन प्रक्रिया असन्तुलित हुन्छ । यसले एसिडिटीको समस्या उत्पन्न गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर