एक बाेतल पेट्राेल- सुजाता बस्नेत के. शी.,अस्ट्रेलिया — OSNepal

एक बाेतल पेट्राेल- सुजाता बस्नेत के. शी.,अस्ट्रेलिया

LC (KTM) February 03, 2023 0
दील भित्र पाेकाे पारेका
अनगन्ति प्रेरणाका घाउँहरु
शब्द शब्दमा अर्थ लगायाै
अमुल्य जीवनकाे के दाेष थियाे
याहाँ गाैतम बुद्घ मरिसकेकाे छन्
तिमीले न्यायकाे भिखलाई
एक बाेतल पेट्राेलमा बेचिदियाै
पीडा र दुखनै शुखकाे यात्रा थियाे
तर तिमी थाकेर लडिदियौ
जमिन त तिम्रै थियाे
आँसुले परेली भत्काएपनि
आँखा तिमीले सिहंदरवारलाई
दान दिएर गयाै
**********
बानी परेका हजारौ मुखहरुले
समाचार बनाएर फुक्ने गर्छन
तिम्राे काेतारिएकाे मन मस्तिष्कमा
मलम र पट्टी कसैले दिएनन्
उकाली चड्ने डाेरी चुडिएपछी
पसिनालाई पानी बनाएर पिईरहयौ
अनि एकान्तमा चिच्याई रहयौ
मनलाई मानलेनै पिटी रह्यौ
बिपत्तीकाे गुहार बन्द भएपछि
पेट्राेलकाे बाेतल समाउन गयौ
जन्मिएकाे माटाेलाई घिक्कारदै
अमुल्य जीवनलाई जलायाै, तर तिमीले
सिंहदरवारलाई आँखा दाईजाे दिएर गयौ
**********
तिमी जस्तै वीर पुरुष हारेर धेरै गए
आँसुले माटाे मुछेर धिक्कारदै गए
बन्दुकलाई छाती दिएर हाँस्दै गए
पानी माग्दा रगत पिएर धेरै गए
जिउँदाे लासकाे मलामी बनेर चिच्याही रहे
अन्माेल जिवनकाे यात्रामा
माेल्दा माेल्दै धेरै गए
याहाँ तड्पिएर जल्नुकाे अर्थ छैन
अर्थकाे अर्थमा राजनैतिक छैन
केवल एक बाेतल पेट्राेलकाे रङ्गमन्चमा
सिंहदरवारलाई आँखा दिएर गयौ ।
***********

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर