एम्बाप्पे तीन साता मैदान बाहिर रहने — OSNepal

एम्बाप्पे तीन साता मैदान बाहिर रहने

LC (KTM) February 03, 2023 0

काठमाडौं -फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे कम्तिमा तीन साता मैदान बाहिर रहने भएका छन्। उनी थाइ इन्जुरीका कारण ३ हप्ता मैदान बाहिर रहने भएका हुन् ।बुधबार राति मोन्टपेलियरविरुद्धको खेलमा उनले २१ औं मिनेटमै चोट बोकेर बाहिरिएका थिए।

चोट निको हुन अझै केही समय लाग्ने भएकाले उनी खेल गुमाउन बाध्य भएका हुन् । एम्बाप्पेले फ्रेन्च कपमा मार्सेविरुद्धको खेल र त्यसको तीन दिनपछि लिग वानमा मोनाकोविरुद्धको खेल पनि गुमाउने छन्। पीएसजीले फेब्रुअरी १४ मा बायर्नसँग खेल्नेछ ।

उनले बायर्न म्युनिखसँगको खेल गुमाउने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर