जब एयरपोर्टमा ब्याट्सम्यान शुभमनसँग देखा परिन् करिना कपुरकी सौतेनी छोरी सारा — OSNepal

जब एयरपोर्टमा ब्याट्सम्यान शुभमनसँग देखा परिन् करिना कपुरकी सौतेनी छोरी सारा

LC (KTM) February 03, 2023 0

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान फेरी एकपटक प्रेमका कारण चर्चामा छिन् । उनी टीम इन्डियाका ब्याट्सम्यान शुभमन गिलसँग प्रेममा रहेको चर्चा रहेको छ ।यी दुई एक साथ डिनर गएका तस्विर भाइरल बनेका छन् ।

पछिल्लो समय सार्वजनिक भएको तस्विरमा यी दुई एयरपोर्टमा एकसाथ देखिएका छन् । यसपछि, उनीहरुको प्रेमको चर्चा झनै चुलिएको छ ।सारा र शुभमनको तस्वीर अहमदाबाद एयरपोर्टको हो ।

उनीहरु विगत केही दिनदेखि एकसाथ समय बिताइरहेका छन् । शुभमनको भारतीय क्रिकेटमा निक्कै नै चर्चा छ । यसपछि, उनी बलिउड नायिकासँग जोडिएका छन् ।

यद्यपी आफ्नो सम्बन्धका बारेमा अहिले सम्म यीदुईले मुख भने खोलेका छैनन् । शुभमन गिल पनि यस अघि तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । अघि साराको नाम सुशान्त सिंह राजपूत देखी कार्तिक आर्यनसँग सम्म जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर