कतार विश्वकपमा ब्राजिलबाट खेलेका २१ वर्षीय मार्टिनेलीले यसरी बनाए आफ्ना सर्मथकलाई खुशी — OSNepal

कतार विश्वकपमा ब्राजिलबाट खेलेका २१ वर्षीय मार्टिनेलीले यसरी बनाए आफ्ना सर्मथकलाई खुशी

LC (KTM) February 04, 2023 0

काठमाडौं । आर्सनलका फरवार्ड गाब्रिएल मार्टिनेलीले क्लबसँग सम्झौता नवीकरण गर्न के गर्लाने् भन्ने धेरैलाई जिज्ञासा थियो । तर उनले आफ्ना सर्मथकलाई खुशी बनाउँदै २०२७ सम्म आर्सनलमा रहने गरी नयाँ सम्झौता गरेका छन् । २१ वर्षीय मार्टिनेली कतार विश्वकपमा धेरैको नजरमा परेका थिए । उनी ब्राजिलको टोलीमा रहेका थिए ।

उनले आर्सनलका लागि सबैखाले प्रतियोगितामा १११ खेल खेलेका छन् ।मार्टिनेलीले ब्राजिलका लागि ६ खेल खेलिसकेका छन् । कतार विश्वकपमा उनी ब्राजिलको टोलीमा रहेका थिए ।

त्यस्तै इंग्लिस प्रिमियर लिग अन्र्तगतको खेलमा चेल्सी फुलहमसँग बराबरीमा रोकिएको छ । गएराती सम्पनन खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

चेल्सीले घरेलु मैदानमा पाएको अवसरलाई पनि सदुपयोग गर्न नसक्दा उसले फुलहमसँग अंक बाड्न बाध्य भएको हो । चेल्सीले अर्जेन्टिनाका मिडफिल्डर एन्जोलाई बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।

त्यस्तै फुलहमविरुद्धको खेलबाट चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेजले डेब्यु गरेका छन् । गएरातीको खेलसँगै चेल्सीले २१ खेलमा ३० अंक जोड्दै उ नवौं स्थानमा रहेको छ । त्यस्तै छैटौं स्थानमा रहेको फुलहमले २२ खेलमा ३२ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर