अमेरिकी डलर घट्दा यूरो पनि पनि घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार — OSNepal

अमेरिकी डलर घट्दा यूरो पनि पनि घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार

LC (KTM) February 05, 2023 0

काठमाडौं, २२ माघ-नेपाल राष्ट्र बैंकले आइबारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।आज अमेरिकी डलर ५५ पैसाले घटेको छ । यसको खरिददर आइतबार १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। यसअघि शुक्रबार अमेरिकी डलरको खरिद १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ २९ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्डको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा १ रुपैयाँ ५४ पैसाले घटेको छ । शुक्रबार यसको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकीएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३१ पैसा तोकिएको छ।

आइतबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८० पैसा र बिक्रीमा ३५ रूपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २८ पैसा र बिक्रीमा ४३० रूपैयाँ २५ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर