आज भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल, मैदान उत्रदा जितको खोजीमा — OSNepal

आज भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल, मैदान उत्रदा जितको खोजीमा

LC (KTM) February 05, 2023 0

काठमाडौं – नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भुटानसँग खेल्नेछ ।

नेपाल र भुटानबीचको खेल दिउँसो ३स्१५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३(१ गोल अन्तरले पराजित भएको थियो ।

भुटान पहिलो खेलमा भारतसँग १२(० ले पराजित भएको थियो ।प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर