आज ह्वात्तै घट्यो सुनको मूल्य,  जान्नुहोस तोलामा कति पुग्यो — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य,  जान्नुहोस तोलामा कति पुग्यो

LC (KTM) February 05, 2023 0

काठमाडौं, माघ २२ – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेपछि छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ मा कारोबार भइरहेका छ ।

तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको सुनको सो दिन छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर