१४०० किलोमिटर दौडेर टिकटकमा भेटीएकी प्रेमीकालाई भ्यालेन्टाइन डेमा प्रपोज गर्दैछन् यी युवकले — OSNepal

१४०० किलोमिटर दौडेर टिकटकमा भेटीएकी प्रेमीकालाई भ्यालेन्टाइन डेमा प्रपोज गर्दैछन् यी युवकले

LC (KTM) February 05, 2023 0

काठमाडौं । आँफुलाई माया गर्ने प्रेमी होस् वा प्रेमीका मानिसले चाहेको खण्डमा उसलाई जसरी पनि भेट्न सक्छन् । जसमध्ये प्रेमीकालाई भेट्न १४०० किलोमिटर हिँडेर गएका यी प्रेमीको कदमको धेरैले चर्चा गरेका छन् ।

प्रेमिकाले दिएको चुनौतीको सामना गर्दै एक महिने दौड यात्रामा निस्किएका ति युवकले भनेका छन् १४ जनवरी बाट सुरु गरेर भ्यालेन्टाइन डे को दिन १४ फेब्रुअरीमा गन्तव्य पुग्नेछु र उसलाई म प्रपोज गर्नेछु ।

टिकटकमा भाइरल भिडियोमा ती व्यक्तिले १४(१५ फेब्रुअरीसम्ममा आफ्नी प्रेमिकाको घर पुग्ने प्रयास गरिरहेको बताएका छन् । यसका लागि उनले करिब १४ सय किलोमिटर यात्रा गर्नेछन् ।

भिडियोमा उनले भनेका छन् मैले उनलाई पाँच महिनाअघि टिकटकमा भेटेको थिएँ। हामी वास्तविक जीवनमा कहिल्यै भेटेका छैनौं तर भिडियो कल मार्फत नियमित कुराकानी गर्छौं।

भर्खरै मेरी प्रेमिकाले मलाई सतुनसम्म हिड्ने वा दौडने र मेरो प्रेम प्रमाणित गर्ने चुनौती दिएकी छिन्। मैले यो चुनौती स्वीकार गरें र उनको घरतिर लागें।

उक्त व्यक्तिले भिडियोको क्याप्सनमा लेखेका छन्( ‘साँचो प्रेम प्रमाणित गर्न दौडनुहोस्।’ ज्याकेट, टोपी, सनग्लास, बाल्टिन बोकेर दौडिरहेका युवक भन्छन् म मेरो प्रेमलाई प्रमाणित गरेर देखाउन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर