रवि लामिछानेले भने- हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको एक एक भोट बिर्सेका छैनौ — OSNepal

रवि लामिछानेले भने- हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको एक एक भोट बिर्सेका छैनौ

LC (KTM) February 05, 2023 0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको एक एक भोट नर्बिसकेको बताएका छन् । आइतबार केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै रविले यस्तो बताएका हुन् । लामिछानेले सबै जनताको आशा, अपेक्षा र उमंगका साथ दिएको भोट नबिर्सिएको बताए ।

हामीलाई नेपाली दाजुभाईले आशा अपेक्षा उमंगको भोट दिनुभएको छ । एक एक भोट बिर्सेका छैनौ उनले बताए । आजै मन्त्रीहरुले राजीनामा बुझाउनु हुनेछ । हामीले जनमतको कदर गर्दैछौं । , कहिलेकाँही परिस्थितिले अर्कैतिर हुन्छ । देखिने र देखाइने कुरा बेग्लै हुन्छन् । त्यो आकाश जमिनको फरक रहेछ  ’ उनले भने ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर