अमेरिकाबाट आमाको काखमा फर्किएको छोरालाई आमाले शर्तहरु राख्दिनन् भन्ने ठानेको थिए : रवि — OSNepal

अमेरिकाबाट आमाको काखमा फर्किएको छोरालाई आमाले शर्तहरु राख्दिनन् भन्ने ठानेको थिए : रवि

LC (KTM) February 05, 2023 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आँफु अमेरिकाको ग्रिनकार्ड त्यसै त्यागेर नआएको बताएका छन् । अमेरिका छाडेर नेपाल आएर विश्व रेकर्ड राख्दा संसारभरका मिडियाले ठूलो ठूलो हेडलाइन बनाएर छाप्दा नेपालका मिडियाहरुले मेरो विषयमा सँधै कन्जुस्याई गर्दै होकी हैन की झै गरेर समाचार छापेको भन्दै उनले मिडियारुसँग अहिलेसम्मकै कडा शब्दमा मिडियाहरुमाथि खनिए ।

सरकारबाट बाहिरिने निर्णय गरेसँगै विशेष पत्रकार सम्मेलनको आयोजना गरेको सम्मेलनमा बोल्ने क्रममा रविले आफ्नो नागरिकता र पासपोर्टका विषयमा पनि बोलेका छन् । उनले अमेरिकाबाट फर्किएपछि आमाको काखमा फर्किएको छोराले आमाले शर्तहरु राख्छिन् भन्ने कुराहरुको हेक्का नराख्दा आज यो झन्जट आइपरेको उनले बताए । उनले नेपाली पासपोर्ट लिएपछि बल्ल अमेरिकी पासपोर्ट लिएको स्विकार गरेका छन् ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेकाहरु डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा। तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएसँगै पटक पटक मन्त्री बन्ने प्रयास गर्दा पनि उनलाई प्रचण्डले राहदानीको प्रकरण झनै पेचिलो बन्दै गएका कारण उनी पर्ख र हेरको अवस्थामा पुगेका बेला रविले सरकार छाड्ने निर्णयमा पुगेका छन् । यद्यपी रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर