सलोन बस्नेतसँग जोडी बाँध्दै केकी अधिकारी — OSNepal

सलोन बस्नेतसँग जोडी बाँध्दै केकी अधिकारी

LC (KTM) February 05, 2023 0

काठमाडौं – फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन् । अब फिल्ममा उनको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । इतबार आफ्नो जन्मदिनको अवसरमा प्रस्तुतकर्ता शोभित बस्नेतले केकीसँग लिखित सम्झौता गरेका हुन् ।

फिल्ममा अर्पण थापा र माओत्से गुरुङको पनि मुख्य भूमिका रहनेछ । पर्यटकीय क्षेत्र मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन हुने छ । फिल्मको कथा सुरेश न्यौपानेले तयार पारेका हुन् ।

आगामी फागुन २५ गतेबाट छायांकन सुरु हुने फिल्म कमेडी, एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । सौरभ लामाले छायांकन गर्ने फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको गीतमा संगीत रहनेछ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अघिल्लो महिना मात्र केकीले फिल्म ‘प्रसाद २’को छायांकन सकाएकी थिइन् । ‘जय हो’का लागि सलोनले अनुबन्धित फिल्म ‘ह्रस्व दीर्घ’ समेत छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर