राजधानी जोड्ने छोटा मार्ग दुई महिना बन्द — OSNepal

राजधानी जोड्ने छोटा मार्ग दुई महिना बन्द

LC (KTM) February 09, 2023 0

हेटौँडा, माघ २६ गते । प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँ काठमाडौँसँग जोड्ने दुईवटै छोटो दूरीका मार्गमा दुई महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ।

हेटौँडा–भीमफेदी–कुलेखानी–हुमानेभन्ज्याङ–फर्पिङ र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडक निर्माणक्रममा आगामी फागुन १ गतेबाट दुई महिनाका बन्द गरिने भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा भएको सरोकारवाला निकायको छलफलमा दुवै सडक द्रुत गतिमा निर्माण गर्न यो निर्णय भएको छ।

हेटौँडाबाट कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ सडकको भैँसे–भीमफेदीखण्ड र हुमाने–फर्पिङखण्डमा निर्माण भइरहेको छ। यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली–फर्पिङ सडकको काठमाडौँतर्फ दक्षिणकाली–रामचन्द्र भन्ज्याङखण्डमा र मकवानपुरतर्फ रामचन्द्र भन्ज्याङ–ज्यामिरेखण्डमा कालोपत्रेसहित सडक स्तरोन्नति भइरहेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

काठमाडौँतर्फ दक्षिणकाली–रामचन्द्र भन्ज्याङखण्डको ७।७५९ किलोमिटर ९किमि० र मकवानपुरतर्फ रामचन्द्र भन्ज्याङ–ज्यामिरेखण्डको रामचन्द्र १२।१५ किमि क्षेत्रमा सडक स्तरोन्नति भइरहेको हो। मन्त्रालयका प्रवक्ता इन्जिनियर नवीनकुमार सिंहले हेटौँडालाई काठमाडौँ उपत्यकासँग जोड्ने छोटो दूरीको दुवै पहुँच मार्गको स्तरोन्नति द्रुत गतिमा सम्पन्न गर्नेक्रममा दुई महिनाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो।

उहाँले दुवै सडकको विकल्पमा हेटौँडातर्फबाट जाने सुमोलगायतका साना सवारी हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ हुँदै थानकोट जाने र काठमाडौँबाट फर्कने सवारीसाधन कान्ति लोकपथबाट जाने व्यवस्था गरिने बताउनुभयो।

दुवै सडकमा स्तरोन्नति भइरहेकाले सवारीसाधन चल्दा काममा पनि अवरोध पुग्ने र घण्टौँ सवारी साधन रोक्दा यात्रुलाई समेत सास्ती हुने भन्दै उहाँले भन्नुभयो, “सडक निर्माणलाई तीव्रता दिन र यात्रुको सहजताका लागि सडक बन्द गरेर काम गर्ने निर्णयमा पुगिएको हो।” गेर्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर