पोखरामा स्कुटर अनियन्त्रित भई पल्टदा बसले कुल्चेर स्कुटर चालक रेजिनाको मृत्यु — OSNepal

पोखरामा स्कुटर अनियन्त्रित भई पल्टदा बसले कुल्चेर स्कुटर चालक रेजिनाको मृत्यु

LC (KTM) February 09, 2023 0

पोखरा -पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भई पल्टदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोक स्थित चाइना पुल नजिकै पृथ्वीराजमार्ग अन्तरगतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा अनियन्त्रित भई पल्टदा बसले कुल्चेर स्कुटर चालक महिलाको मृत्यु भएको हो ।

पृथ्वीचोकदेखी लेखनाथ तर्फ जादै गर्दा सडकमा करिब डेढ इन्च जति तल परेको स्थानमा ग १५ प २४७६ नम्बरको स्कुटरको पांग्रा पर्दा अनियन्त्रित भइ पल्टिदा चालक रेजिना आचार्य सडकको बायाँ तर्फ पल्टिएकी थिइन् ।

सोही क्रममा सोही दिशातर्फ जादै गरेको ना ८ ख ५२५१ नम्बरको पोखरा वीरगंज चल्ने बसले उनलाई कुल्चिएको प्रहरीले बताएको छ ।भिडियो सहीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर